काठमाडौं । नेकपा माओवादीका सबै नेता तथा कार्यकर्ताहरुले अनिवार्यरुपमा श्रमसँग जाेडिनुपर्ने भएकाे छ ।
राजधानीमा जारि अधिवेशनमा राजनीतिक प्रस्ताव अन्तर्गत कार्ययाेजना प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले पार्टीकाे संगठनात्मक कार्यशैली परिवर्न गर्नैपर्ने र यसका लागि सबै नेता तथा कार्यकर्ता जनता र श्रमसँग जाेडिनैपर्ने कार्ययाेजना अघि सारेका हुन । यसका लागि हरेक पार्टी सदस्यले स्थानीय तहमा पारटी कमिटीले स्थापना गरेका उद्धयाेग वा जनताकाे घरमा बसेर नै श्रम गर्नुपर्ने नीति ल्याएका हुन । अध्यक्षले एक पालिका एक सामुहिक उद्ध्याेगकाे अवधारणा समेत अघि सारेकाे छ ।