नयाँ बर्षको अवसरमा युएईमा नेपाली कमेडी च्याम्पियन शो हुने

युएई।कमेडी च्याम्पियन सिजन १ र सिजन २ का कलाकारहरु युएई आउने भएका छन ।

कान्तिपुर होलिडेको आयोजनामा दुबईमा नेपाली कमेडी शो आयोजना गरिएको हो।अंग्रजी नयाँ बर्ष २०२२ को पुर्वसन्ध्यामा डिसेम्बर ३१ शुक्रबारका दिन बरदुबईको एभरेष्ट क्लबमा उक्र कार्यक्रम आयोजना गरिएको कान्तिपुर होलिडेका सञ्चालक ठाकुर ढुंगानाले बताए ।

कार्यक्रममा कमेडी च्याम्पियन सिजन २ का भरतमणी पौडेल,विक्की अग्रवाल,सन्तोष थापा,कमेडी च्याम्पियन १ का सुमन कार्की र सुमन कोइराला,गायक शिव हमाल,गायिका समिक्षा अधिकारी,गायिका प्रशना पाण्डे,कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छन ।

कार्यक्रममा स्थानिय आयोजकको रुपमा ग्रिनलाई ट्राभल्स र फिस्टेल ट्रभल्स रहेको छ । सामाजिक संस्थागत रुपमा अन्र्तराष्ट्रिय नेपाली कलाकार समाज युएई (इनास)को सहकार्य रहेको छ ।

युएईमा क्रियाशिल नेपाली संघसंस्थाहरुको सहयोग रहने कार्यक्रम नयाँ बर्षमा हासेर रमाउने उद्देश्यका साथ दुबईमा कमेडी शो आयोजना गरिएको ढुंगानाले बताए।

कमेन्ट गर्नुहोस्