हाम्राे महाधिवेशन ऐतिहासिक र विशिष्टरुपमा इतिहासमा दर्ज भएकाे छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको अधिवेशन देश र विदेशका लागि अत्यन्तै विशपष्ट भएकाे बताएका छन् ।

समूहगत प्रस्तुतिपछि जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले अधिवेशन उदघाटनदेखि बन्दसत्रकाे सबै छलफल एतिहासिकरुपमा इतिहासमा दर्ज भएकाे बताए ।
“देशकाे राष्ट्रिय राजनीतिमा समेत नयाँ उर्जा प्राप्त हुनेगरि उदघाटन सत्र सुरु भयाे।” उनले भने, “प्रतिवेदनपछि हलमा र बाहिर तरंग, उत्साह जिज्ञासा व्यक्त भयाे। महाधिवेशनप्रति देशकाे ध्यान केन्द्रीत रह्याे। ”

उनले अगाडि भने :
हाम्राे पृष्ठभूमि र बिरासतकाे कारणले माओवादी नामका क्रान्तिकारी जनयुद्ध र जन आन्दाेलनकाे संवाहक पार्टी भएकाे नाताले, याे परिवर्तनसँग पार्टी आन्दाेलन बिरासत जाेडिएकाेले याे महाधिवेशनप्रति देश र र दुनियाँकाे ध्यान छ ।
कस्ताे कार्यक्रम ल्याउने हाे, कस्ताे संगठन बनाउने हाे, कस्ताे निर्णय गर्ने हाे भन्ने चासाे थियाे ।
कसैले २१ शताब्दी फडकाे हान्न खाेजे पनि भने, कतिले २० शताब्दिमा फरेकन खाेजेकाे भने । कतिले किताबबाट सारेकाे पनि भने । कतिले पुरानै बाटाेमा जाने भयाे पनि भने । तर याे महाधिवेशन अरुभन्दा फरक रह्याे । याे के कारणले भयाे भने यसले शुरुदेखि नै विचारकाे विकासलाई प्रमुख स्थानमा राख्याे । पार्टी रुपान्तरणमा केन्द्रीत बन्याे । यहीरुपमा कम्युनिष्ट आन्दोलनकाे इतिहासमा दर्ज भयाे ।

दक्षिण, वाम या मध्यमार्गी काेणबाट नै किन नआएकाे हाेस,,यने महाधिवेशनमा विचारकाे विकास, आत्मसमिक्षाकाे रुपमा,जनतासँग जाेडिने सवालमा याे महाधिवेशन फ,क रुपमा प्रस्तुत भएकाे सबैले आत्मसात गर्याे । याे नयाँ बहसकाे सृष्टि गर्ने महाधिवेशन भयाे । यहिरुपमा इतिहासमा दर्ज भयाे ।
……

कमेन्ट गर्नुहोस्