माओवादी केन्द्रले निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने भएकाे छ ।

अधिवेशनमा जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले महाधिवेशन मा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि प्रतिनिधिहरुका तर्फबाट उठेका जिज्ञासा तथा सुझाव तथा छुटेका पक्षहरुलाई समेटेर पूर्णता दिएर ठाेस विचारकाे विकास गर्न महाधिवेशन आयाेजना गर्ने बताएका हुन ।

विचारकाे बिकासका लागि अझै अध्ययन, अनुसन्धान र बहस आवश्यक भएकाे र याे महाधिवेशनले प्रतिवेदनमार्फत त्यसकाे सुरुवात गरेेकाे अध्यक्षले बताए । उनले अहिलेकाे दस्तावेजलाई पूर्ण दस्तावेजका रुपमा नबुझ्न समेत आग्रह गरे ।

कमेन्ट गर्नुहोस्