लेखनाथजीकाे विचारलाई भिन्नमतकाे रुपमा स्वीकार गरिन्छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्षक्ष प्रचण्डले केन्द्रीय सदस्य लेखनाथ न्याैपानेले राखेकाे १० बुँदे मतलाई पार्टिले भिन्नमतका रुपमा स्वीकार गर्ने बताएका छन् ।

“वहाँकाे विचारलाई भिन्नमतकाे रुपमा स्वीकार गरिन्छ र।आवश्यकता परेमा छलफलमा समेत लगिनेछ ।” प्रचण्डले भने, “भिन्नमतकाे सम्मान र बहसबाट मात्रै सहि विचारकाे विकास हुन्छ भन्नेमा माओवादीले विश्वास गर्दछ ।”

अध्यक्ष प्रचण्डले आयाेजक समितिमा समेत रहेकाे अवस्थामा न्याैपानले आफ्नाे विचार पद्दतिगतरुपमा राख्नुपर्ने सुझाव समेत दिए । “त्यसरि राखिएकाे उक्त मत सै प्रतिनिधिमाझ छलफलका लागि जाने थियाे ।” उनले भने, “तर वहाँले छलफलमा नल्याइकन नै सारवजनिक गर्नु भयाे ।”

कमेन्ट गर्नुहोस्