पर्वत समाज कतारको १८ औं वार्षिकोत्सब सम्पन्न

दोहा, कतार
पर्वत समाज कतारले वार्षिकोत्सब  भब्य रूपमा मनाएको छ ।

संस्थाले आफ्नो १८ औं वार्षिकोत्सब शुक्रबार सनैयामा एक कार्यक्रमका बीच मनाएको हो ।

कार्यक्रमको उदघाटन गर्दै अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष शेषराज तिमिल्सिनाले समाजले समाज सेवा संगै अब स्वदेशमै लगानीलाई प्राथमिकता दिन लागेको बताए ।

तिमिल्सिनाले अन्तर्राष्ट्रिय पर्वत समाजले लगानीको लागी पर्वत जिल्ला भित्रका विभिन्न संभावनाका बारे अध्ययन गरि रहेको भन्दै पर्वत समाज कतारले पनि सहकार्य गर्न आग्रह गरे।

कार्यक्रममा गैरआवासीय नेपाली संघ, रास्टिय समन्वय परिषद कतारका उपाध्यक्ष प्रेम चलाउने, पर्वत समाज कतारका संरक्षक छबिलाल भट्टराई र अजय बिश्वकर्मा, नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, कतार नेपाली एकता समाजका कार्यबाहक अध्यक्ष बिष्णु बहादुर थापा, नेपाली जनप्रगतिशील मोर्चाका देवबहादुर भर, संघीय लिम्बुवान सामाजिक मञ्चका उपमहासचिव मौसम लिङ्देल लिम्बु, नेपाली महिला समाज कतारका अध्यक्ष सरिता भण्डारी पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कतार शाखा अध्यक्ष शक्ति क्षत्री, गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष राकेश श्रेष्ठ, सुदुरपश्चिम प्रदेश समन्वय परिषद कतारका अध्यक्ष परमानन्द भट्ट, गोर्खा सेवा समाज कतारका अध्यक्ष रामजी खत्री, कास्की आदर्श समाज कतारका उपाध्यक्ष अग्निधर देवकोटा लगाएतले शुभकामना मन्तव्य राख्दै पर्वत समाजले स्थापनाकाल देखि हाल सम्म गरेको समाजीक कामको प्रशंसा गरेका थिए । साथै सहभागीले वर्तमान कार्यसमितिले कोरना कहरका बीच पनि थुप्रै राम्रा गरेको भन्दै आगामी दिनमा पनि पर्वत समाज कतार संग संस्थागत सहकार्य गर्दै जाने बताए ।

कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष सन्तोष क्षत्रीले स्वागत मन्तव्य सहित पर्वत जिल्लाको परिचय तथा वर्तमान कार्यसमितिले हालसम्म गरेका गतिविधि बारे जानकारी गराएका थिए ।

संस्थाका अध्यक्ष श्याम न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचीव सेवक विकले गरेका थिए ।

साथै कार्यक्रममा संस्थाका आजिवन सदस्यलाई प्रामण-पत्र हस्तान्तरण गरिएको थियो भने कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्