माओवादीमा २९९ मध्ये २३७ जनाकाे केन्द्रीय समिति घाेषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रकाे आठाैं राष्ट्रिय अधिवेशनले २९९ जना मध्ये २३७ जनाकाे केन्द्रीय समिति चयन गरेकाे छ ।
कतिपय क्लष्टर मिलाउन प्राविधिक कठिनाई भएकाेले बाँकी यथाशीघ्र टुंगाे लगाउने निवर्तमान अध्यक्ष प्रचण्डले बताए । विधान अनुसार, १५ प्रतिषत पछि मनाेनयन गरिने र २९९ मध्ये १० प्रतिशत हेडक्वार्टरले चयन गर्ने प्रचण्डले बताए ।
समावेशी क्लष्टरकाे अभ्यास गर्दा ५० प्रतिशत समानुपातिक र ५० प्रतिशत खुला क्लष्टरबाट केन्द्रीय समितिमा चयन गर्ने निर्णय गरेकाे प्रचण्डले बताए । याे समावेशीकाे उच्चतम अभ्यास भएकाे उनले बताए । मनओवादिले महिला,,महिला दलित, युवा दलित, खुला युवा, खुला पुरुष, जनजाति, थारु, मुस्लिम लगायतकाे समावेशी क्लष्टर निर्धारण गरेकाे हाे । बाँकी केन्द्रीय सदस्यहरु भाेली पर्सिभित्रै चयन गरिने उनले बताए ।

कमेन्ट गर्नुहोस्