स्यानेटरी प्याडमा कर छूट गर्न माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले स्यानेटरी प्याडमा सरकारले लगाएको करको बिरोध गरेको छ ।

पार्टीको आठौं महाधिवेशनले विशेष प्रस्ताव पारित गर्दै स्यानेटरी प्याडलगायत दैनिक उपभोग्य बस्तुमाथि कर लगाएकोमा आपत्ती प्रकट गरेको हो ।

“महिलाहरुले महिनावारी हुँदा प्रयोग गर्ने स्यानेटरी प्याड लगायत अन्य दैनिक जीवनमा प्रयोग हुने सामाग्रीलाई सरकारले विलासी बस्तुमा सूचीकृत गरी १३ प्रतिशत कर लगाएकोमा प्याड लगायत त्यस्ता बस्तुलाई विलासी बस्तुको सुचीबाट हटाई कर मुक्त गर्न यो महाधिवेशन सरकारसँग माग गर्दछ ।” विशेष प्रस्तावमा भनिएको छ, “यस्ता बस्तु उत्पादन गर्ने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न सरकारसँग विशेष अनुरोध गर्दछ ।”

नेपालमा स्यानेटरी प्याडमा कर लगाएको भन्दै आन्दोलन हुँदै आएको छ ।

आठौं महाधिवेशनले समसामयिक विषयमा ४५ वटा प्रस्ताव पारित गरेको हो ।

कमेन्ट गर्नुहोस्