काभ्रेकि मनिषा घिमिरे युएईमा सर्बोत्कृस्ट नर्सको उपाधी द्वारा सम्मानित

युएई । युनाइटेड अरब ईमिरेट्स (युएई) मा कार्यरत नेपाली नर्स बर्षको सर्बोत्कृस्ट नर्सले उपाधीले सम्मानित भएकी छिन । रस अल खैमहको शेख खालिफा हस्पिटलमा कार्यरत नर्स मनिषा घिमिरेलाई अल तामायुज मेडिकल हेल्थ केयर कम्पनीले नगद पुरस्कार सहित ‘वनर्स इम्प्लोयी अफ द यिअर अवार्ड’ले सम्मानित गरेको हो ।

फिलिपिन्स, भारत, क्यामरून, घना लगायत १९ देशका ३०० भन्दा बढी नर्स कार्यरत उक्त कम्पनीमा जम्मा ५ जना नेपाली नर्स कार्यरत छन् । ‘हामी नेपालीहरु आफ्नो काममा ईमान्दार हुन्छौं भन्ने प्रमानित गरेको छु, अवार्डले सम्मानित हुँदा खुशी लागेको छ’ घिमिरेले भनिन् ।

काममा निपूर्ण र इमान्दार भन्दै कम्पनीले घिमिरेको उच्च मुल्याङ्कन गरेको छ । काभ्रेपलन्चोक घर भएकी घिमिरे ६ बर्ष देखि युएईमा कार्यरत छिन् ।

हाल युएईमा १० हजार भन्दा बढी नर्सहरु कार्यरत रहेको अनुमान गरिएको छ भने करिब ५० हजार भन्दा बढी महिला कामदार रहेको अनुमान छ ।

कमेन्ट गर्नुहोस्