मानव तस्करी गरेको आरोपमा कोमल प्याकुरेल दुबई प्रहरीको नियन्त्रणमा

युएई । भिजिट भिषा मार्फत मानव तस्करी गर्दै आएका कोमल प्याकुरेललाई दुबई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सीका मालिक कोमलराज प्याकुरेलले केहि दिन अधि युएइको दुबई एअरपोर्टमा चौध जना नेपालीलाई अलपत्र पारी फरार भएसंगै यहाँको प्रशासनले उनको खोजी गरेको थियो । नेपालबाट लाखौ रुपैयाँ असुल गरी युएईको एअरपोर्टमा पुर्याएर अलपत्र पारेपछि नेपाल स्थित केन्द्रिय अनुसन्धान ब्यूरो र युएई प्रहरीको संयुक्त प्रयासमा शुक्रबार प्याकुरेल नियन्त्रणमा आएका हुन् ।

याे पनि पढ्नुस  युएईमा सिर्जना बरालको हत्या !नेपालीको बदनाम, मदिरा सेवन प्रमुख कारण

नेपालबाट अध्यागमनमा सेटिङमा गरेर ल्याए पनि दुबईमा यहाँको अध्यागमनको चेकचाच पछि उनीहरु आफ्नो गन्तव्यमा जान नसकेपछि सो बारे दुबई प्रहरीको ध्यानाकर्षण भएको थियो ।

यता एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निरन्जन सिलवालले भिजिट भिसामा ल्याएर अलपत्र पार्ने नेपालीबारे बारम्बार गुनासो गरे पनि पक्राउ बारे आफूलाई जानकारी नरहेको बताएका छन् ।

याे पनि पढ्नुस  नेवाः पुचः युएईद्वारा खुल्ला भलिबल प्रतियोगिताको आयोजना

हामी भिजिट भिषामा युएई ल्याएर अलपत्र पार्नेका विरुद्ध छौं जुन अभियानमा यहॅाको प्रसासनको पनि सहयोग रहेको छ, अध्यक्ष सिलवालले भने ।

युएई स्थित नेपाली दूतावासले उक्त केसबारे अध्ययन् भईरहेको हॅुदा चॅाडै नै नयॅा जानकारी दिने बताएको छ ।

कमेन्ट गर्नुहोस्