महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुर जिल्ला कार्यसमितिका लागि सम्पन्न निर्वाचनबाट सुरेन्द्र विष्ट अध्यक्षमा निर्वाचित भएका छन् ।
यसअघि जिल्ला अध्यक्ष रहेका बीर बहादुर थापा भने निकै फराकिलो मतान्तरले पछि परेका छन् ।
थापा पूर्व माओवादी नेता तथा तत्कालिन नेकपा छँदा समेत जिल्ला संयोजक थिए ।
थापालाई अध्यक्षमा सर्वसम्मत गर्न लेखराज भट्टलगायतले प्रयास गरेपनि अन्तिममा निर्वाचन भएको थियो । हिजो राती दुई बजेसम्म चलेको निर्वाचनमा ४९९ मध्ये ४७० मत खसेको थियो ।
आज भएको मतगणनामा विष्ट पदाधिकारी सबै विष्ट प्यानलको जितेका छन् । नवनिर्वाचित अध्यक्ष विष्ट भीम दत्त नगरपालिकाका मेयर समेत हुन । यसअघि उनी नेकपा एमाले कञ्चनपुरको जिल्ला सचिव थिए ।
अध्यक्षमा सुरेन्द्र बिष्टले २८१ मत पाए भने थापाले १८३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा विष्ट प्यानलबाटै लक्ष्मी बुढाले २५४ मत प्राप्त गरिन भनेप्रतिद्वन्द्वी महेश प्रसाद पन्तले २०५ मत मात्रै प्राप्त गरे ।
रोचक कुरा के छ भने सबै मतान्तर हेर्दा अध्यक्ष पदमा सबैभन्दा धेरै मतान्तर देखिएको छ ।
मत परिणाम अनुसार, सचिवमा भने पल्लवराज भट्ट निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी वेदकोट नगरपालिकाका मेयर समेत रहेका अशोक चन्द ७ मतले पराजित बनेका छन् ।
जिल्ला कमिटी उपसचिवमा ३४७ मत सहित कर्ण बहादुर चन्द र २९६ मत सहित फैरु तामाङ निर्वाचित भएका छन् भने थापा प्यानलका शेर बहादुर चन्दले १९७ मत मात्रै प्राप्त गरेका छन् ।
हेर्नुस् कसले कति मत पाए ?
अध्यक्ष
सुरेन्द्र बिष्ट २८१ विजयी
वीर बहादुर थापा १८३
उपाध्यक्ष
महेश प्रशाद पन्त २०५
लक्ष्मी बुढा २५४ विजयी
सचिव
अशोक चन्द २२६
पल्लव राज भट्ट २३३ विजयी
उपसचिव
कर्ण बहादुर चन्द ३४७ विजयी
फैरु तामाङ २९६ विजयी
शेर बहादुर चन्द १९७