एमाले निकट अखिलबाट स्ववियू सभापतिसहित थुप्रै विद्यार्थी नेता क्रान्तिकारीमा प्रवेश

सुर्खेत । नेकपा एमाले निकट अनेरास्ववियू कालिकोटका प्रभावशाली नेता तथा स्ववियू सभापतिसहितका नेताहरु अखिल क्रान्तिकारीमा प्रवेश गरेका छन् ।

अखिल क्रान्तिकारी कर्णाली प्रदेशका पूर्ण बैठकको अवसर पारेर अनेरास्ववियू कालिकाटेका नेता तथा जनचेतना बहुमुखी क्याम्पसका स्ववियू सभापति प्रकाश सञ्जेल सहितका नेताहरु अखिल क्रान्तिकारीमा प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले स्वागत गरेकी थिइन ।

सञ्जेलसँगै बलदेव पौडेल, खगेन्द्र मडै, दिपक बोहरालगायतका नेताहरु समेत क्रान्तिकारीमा प्रवेश गरेको अखिल क्रान्तिकारीका नेता जिपी मैनालीले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्