नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयानक रुप लिएको छ । बुधबार मात्रै भारतमा २ लाख ४५ हजार ५२५ कोरोना संक्रमित थपिएका छन् ।
यही अवधिमा कोरोनाबाट ३७९ जनाको निधन भएको छ ।
दैनिक भास्करका अनुसार, भारतमा अहिले सक्रिय कोरोना संक्रमितहरुको संख्या ११ लाख ११ हजार रहेको छ । यसअघि मंगलबारका दिन भारतमा १ लाख ९३ हजारमा संक्रमण देखिएको थियो ।
भारतमा हालसम्म कोरोनाबाट ४ लाख ८५ हजार ३६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण चुलिएपछि आज प्रधानमन्त्री मोदीले राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो छलफल गर्ने भएका छन् ।
कोरोनाले महाराष्ट्र, दिल्ली, पञ्जाब, गुजरात, हरियाणालगायतका राज्य निकै प्रभावित बनेका छन् ।
कोरोना संक्रमण बढन थालेपछि सहरहरुबाट गाउँ फर्किने कामदारको लर्को बसअड्डा र रेल्वे स्टेशनहरुमा देखिएको छ । रोजगारी गुमाउने त्रासबीच घर फर्किनेहरुका कारण गाउँमा समेत कोरोना पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दिल्लीलगायतका कैयन राज्यमा लकडाउन लागेको भएपनि तेश्रो लहरले जनजीवन आक्रान्त पारेको छ ।
भारतमा भयानक बन्यो कोरोना, एकैदिन २ लाख ४५ हजारभन्दा बढी संक्रमित, ३७९ को मृत्यु
