शेयर बजारमा हरियाली, ५४.१२ अंकले बढ्यो नेप्से

शेयर बजार बिहीबार ५४.१२ अंक बढेर २८५७.७५ विन्दुमा पुगेको छ।

बिहानदेखि हरियाली छाएकाे बजार बन्द हुनेबेलासम्म सेन्सेटिभ इण्डेक्स ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक बढेको भने सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३४ अंक बढेको छ।

कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २२४ कम्पनीको ७७ हजार ६६८ पटकको कारोबारमा ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

साताको अन्तिम कारोबार दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ।

  • जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.९ प्रतिशत बढेको छ।
  • लगानी, वित्त र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ
  • व्यापार, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
  • कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
  • अपि पावर, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एचआईडिसीएलको २१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
  • भोटेकोशीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ३द्ध रुपैयाँ ४० पैसा बढेर ३७९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।
  • माउन्टेन हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य १ प्रतिशत घटेको छ।

कमेन्ट गर्नुहोस्