लोक दोहोरी गित बाह्रबर्षे पनौती मेला सार्बजनिक

काभ्रे। एतिहासिक तथा धार्मिक नगरिका रूपमा परिचित काभ्रेको पनौतिमा बाह्रबर्षमा एक पटक लाग्ने मकर मेला माघ एक गतेबाट सुरुहुने भएको छ।

उक्त मेलाको अबसरमा लोक गायक तथा शर्जक किरण गौतम र नव गायिका सृजना श्रेष्ठको लोक दोहोरी गित बाह्रबर्षे पनौती मेला बिहिवार बाट संगितिक बजारमा सार्वजनिक भएको छ ।

याे पनि पढ्नुस  किरण गौतमको लोकदोहोरी गीत सम्झना सार्वजनिक

“बचाउ हाम्रो धर्म र सस्कृती,जागौ युवासारा!बिश्व सम्पदा सुचिमा पनौती हाम्रो कर्तव्य हाम्रै अभिभारा” भन्ने मुल नारा सहित काभ्रे जिल्लाको गौरव एतिहासिक बाह्रबर्षे पनौती मकर मेलालाइ स्मरण गर्दै परदेशमा रहेका युवाहरुले सम्झाना स्वरुप उक्त लोक दोहोरी गित सार्वजनिक गरेका हुन।

नेपाली लोक दोहोरि गित लाई जिबन्त राख्न अनवरत लागि रहेका काभ्रेका सन्चारकर्मी एवम् पनौती नगरपालिका स्थानिय युवा गणेश आचार्यको परिकल्पनामा तयार भएको गितमा मकर मेला के हो? परापुर्व कालमा के कस्ता किम्बदन्ती थिए?लगाएत आध्यात्मिक कथनलाइ उजागर गर्ने प्रयास गरेको गित मार्फत बुझिन्छ ।

याे पनि पढ्नुस  काठे सुगन्धमा मौलिकतासहितका सिर्जना आउँदैछन्ः गायक किरण गौतम

गायक किरण गौतम र गायिका सिर्जना श्रेष्ठको स्वर तथा लय रहेकोे गितमा नारायण दङालको संगीत सम्योजना गरेका छन् ।
यस्तो छ गित

कमेन्ट गर्नुहोस्