दाङमा आजै रातिदेखि ‘स्मार्ट लकडाउन’

शोभा बन्जाडे,                                                    दाङ,२९ पुस। दाङमा कोरोना सङ्क्रमण बढ्दै गएकाे भन्दै आज रातिदेखि लागु हुने गरी ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय भएकाे छ।जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि संक्रमणदरलाई रोक्ने गरि भीडभाड हुने होटेल रेस्टुरेन्टहरु बेलुका ७ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दाङले विहीवार सूचना जारी गर्दै निर्णयको अवज्ञा गरे कारवार्ही गर्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनद्वारा हस्ताक्षेरित विज्ञप्तिमा सार्वजनिक स्थलमा निस्कदा सवैले अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको छ । त्यसैगरी राजनीतिक, आर्थिक, सामाजिक तथा व्यवसायीक सवै प्रकृतिका २५ जना भन्दा बढी सहभागी हुने भेला तथा जमघट गर्न समेत रोक लगाइने भएको संकट व्यवस्थापनले जनाएको छ ।

त्यसैगरी सार्वजनिक स्थानहरु होटेल, रेष्टुरेष्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा,पार्कमा प्रवेश गर्दा माघको ७ गतेदेखि लागु हुने गरि कोभिडको खोपलगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने निर्णय गरेको छ ।

कोरोना संकट व्यवस्थापन समन्वयको सिफारिसमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम माघको १५ गतेसम्म भौतिक उपस्थीतिमा पठनपठान नगर्ने नगराउने र पूर्व निर्धारित समेष्टर र बार्षिक परिक्षाहरुको हकमा स्वास्थ्य मापदण्ड पालना हुने गरि जेड आकारमा बसाई व्यवस्थापन गरी सञ्चालन गर्न निर्देशन दिएको छ।

कमेन्ट गर्नुहोस्