निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं । स्थानीय तह तथा राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ ।

आज ११ बजे बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा आयोगले दलहरुसँग परामर्श गर्ने छ ।

बैठकमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने दलका प्रतिनिधिहरूलाई निम्त्याइएको छ। त्यस्ता दलहरूको संख्या १७ छ। माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदैछ। आयोगले आगामी वैशाखमा हुने स्थानीय तह चुनावको पनि तयारी सुरू गरेको छ।

कमेन्ट गर्नुहोस्