भारतमा एकैदिन २ लाख ६२ हजार कोरोना संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयानक रुप लिएको छ । कोरोना भाइरसको तेश्रो लहरमा बिहिबार भारतमा २ लाख ६२ हजार २२ जनामा संक्रमण देखिएको हो । पछिल्लो दुई दिनमा भारतमा दुई लाख भन्दा बढी संक्रमित देखिएका हुन ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार, यो अवधिमा एक लाख ८ हजार ७ सय ८ जना संक्रमित निको समेत भएका छन् । यो अवधिमा ३१४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३ करोड ६५ करोड मानिस संक्रमित भइसकेका छन् भने ३ करोड ४८ लाख मानिस निको भइसकेका छन् । कोरोनाकै कारण भारतमा ४ लाख ८५ हजार ३ सय ४९ जनाको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमणकै बीच भारतका कतिपय राज्यमा निर्वाचनको समेत घोषणा गरिएको छ ।

कमेन्ट गर्नुहोस्