एमाले अनुशासन आयोगद्वारा सम्पत्ति विवरण बुझाउन निर्देशन

काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले मातहतका सबै निकायलाई सम्पत्ति विवरण अनिवार्य बुझाउन निर्देशन दिएको छ।

पार्टीको केन्द्रीय सदस्य, संघीय स ांसद, स्थानीय तहका पदाधिकारीलगायत पदेश सदस्यहरुलाई व्यक्तिगत सम्पत्ति विवरण बुझाउन आयोगले निर्देशन दिएको हो ।

आयोगका अध्यक्ष केशव बडालले सर्कुलर जारी गर्दै पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ७९ र आयोगको कार्यसम्पादन नियमावलीको नियम ६ बमोजिम पार्टीबाट निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसमेतलाई यही पुस १४ गतेदेखि गणना हुने गरी ६० दिनभित्र आयोगसमक्ष उक्त विवरण पेश गर्न निर्देशन दिइएको हो ।

आयोेगले पार्टीभित्र अनुशासन पालनाका लागि आचारसंहिताको मस्यौदा पनि तयार गरिरहेको छ । आयोगका सचिव भरत पहारीले तयार गर्नुभएको सो मस्यौदामाथि थप छलफल गरेर पारित गरिने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्