६ वर्षीया बालिका करणी गरेको आरोपमा जन्मकैदको फैसला

रसुवा । एकजना ६ वर्षीय बालिकामाथि करणी गरेको आरोपमा मुद्दा चलिरहेका एक युवालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत रसुवाले ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई बिहिबार जन्मकैदको फैसला सुनाएको हो।

नुवाकोटको किस्पाङ गाउँपालिका– ५ घर भई हाल रसुवाको गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेमा बस्ने २२ वर्षीय यमप्रसाद भट्टराईलाई जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले जन्मकैदको फैसला सुनाएको हो ।

२०७७ पुस १८ गते शनिबार खेलिरहेकी बालिकालाई भट्टराईले आफनो घरको कोठामा लगी करणी गरेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय रसुवामा उजुरी दर्ता गरेका थिए । प्राप्त प्रमाणहरुको आधारमा भट्टराईले पीडित नाबालिकालाई मोबाइल खेल्न दिन्छु भनी फकाएर आफनो कोठामा लगी जबरजस्ती करणी गरेको पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्