लोकसेवाद्वारा बैंक, टेलिकम, शाखा अधिकृत र प्रहरीको परीक्षा स्थगित, लाखौं परीक्षार्थी तनावमा

काठमाडौं । लोकसेवा आयोगले नेपाल बैंक तथा टेलिकमलगायतका कतिपय परीक्षा स्थगित भएको सूचना प्रकाशित गरेपछि लाखौं परीक्षार्थी तनावमा परेका छन् ।

परीक्षा दिनका लागि राजधानीमा चर्को पैसा खर्च गरेर तयारी गरिरहेका लाखौं विद्यार्थीहरु परीक्षा नहुने सूचना सार्वजनिक भएपछि ठूलो समस्यामा परेका हुन ।

लोकसेवा आयोगले नेपाल राष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र नेपाल प्रहरीका बिभिन्न पदका लागि यसअघि आव्हान गरेको दरखास्त रद्द गर्ने सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

सार्वजनिक भएको दरखास्त निवेदन अनुसार, थारु समुदायका लागि समावेशी क्लष्टर अन्तर्गत कोटा नछुट्याएको भन्दै प्रेमिलाल चौधरी तथा पिन्टुकुमार कर्णले अदालतमा निवेदन दिएपछि सोको फैसला गर्दै निवेदनमाथि अन्तिम सुनुवाई नभएसम्मका लागि परीक्षा स्थगित गर्नु भन्दै लोकसेवालाई आदेश जारी भएको थियो ।

लोकसेवा आयोगले अदालतको आदेशबमोजिम एक सूचना प्रकाशित गर्दै “बिभिन्न रिट निवेदनहरु सम्बन्धमा देहाय बमोजिमका निकायहरुको देहाय बमोजिम तिमिा प्रकाशति विज्ञापन बमोजिमका बिभिन्न विज्ञापनहरुको छलफलको मितिसम्म पदपूर्ति गर्ने काम नगर्नु, नगराउनु भनी लोक सेवा आयोग केन्द्रीय कार्यालय समेतलाई बिभिन मितिमा अल्पकालिन अन्तरिम आदेश जारी भएको ले यो सूचना प्रकाशित गरिएको छ” भन्दै सूचना प्रकाशित गरेको छ ।

बैंक क्षेत्रको परीक्षा तयारीका लागि महिनौंसम्म राजधानीका बिभिन्न कोचिङ सेन्टरमा भर्ना भएका र तयारी गरिरहेका हजारौं परीक्षार्थी यो निर्णयका कारणठूलो तनावमा परेका छन् । “पाँच महिनादेखि डेरा गरेर तयारी गरिरहेको छु । अहिले आएर एक्कासी परीक्षा रोकिएपछि रुनु कि हाँस्नु भएको छ । हाम्रो भविष्यमाथि खेलवाड भयो ।” एक परीक्षार्थीले भने, “अदालतले एकजना व्यक्तिको मर्का हेर्ने कि लाखौं परीक्षार्थीको भविष्य हेर्ने ?”

आरक्षणको विषय नीतिगत भएकोेले यसको मार आम परीक्षार्थीले भोग्नुपर्ने किन ? भन्दै उनले थप प्रश्न गरे ।

“अब त झन लकडाउनले सताएको छ । न घर फर्किन सकिन्छ, न परीक्षाको तयारी गर्न नै ।” उनले भने ।

लोकसेवा आयोगले भने अदालतको निर्णय कार्यान्वयन गर्नुपर्ने बाध्यता भएकोले परीक्षा स्थगित गर्नुपरेको बताएको छ ।

तर अदालतको अन्तरिम आदेशको फैसला छिटै नभएको अवस्थामा हजारौं परीक्षार्थी थप अन्यौल र समस्यामा पर्ने देखिएको छ ।

नेपालका अदालती अभ्यासमा अन्तरिम आदेश जारी जति सहज र छरितो हुनेगर्दछ, त्यसको फैसला आउन कहिलेकाहिँ महिनौं समेत लाग्ने गर्दछ । यसले गर्दा अब ती रोकिएका पदको परीक्षा कहिले हुने हो भन्ने कुनै टुंगो नहुँदा विद्यार्थीहरु रनभुल्ल अवस्थामा परेका छन् ।

लोकसेवा आयोगले शाखा अधिकृतको परीक्षा समेत अदालतको आदेश भन्दै स्थगित गरेको छ । लोकसेवाद्वारा जारी सूचनामा भनिएको छ–
(अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको लागि सूचना नं. ४१८÷०७८–७९ बाट ज्येष्ठता र कार्यसम्पादन
मूल्यांकनबाट हुने बढुवा र सूचना नं. ४१९र०७८–७९ बाट खुला तथा समावेशी प्रतियोगिता तर्फ विज्ञापन गरी उक्त
विज्ञापनहरुमा हाल दरखास्त लिने कार्य सूचारु रहेकोमा श्री उच्च अदालत पाटन, ललितपुरबाट आयोगको नाममा
“सूचना नं. ४१८र०७८–७९ कोबढुवाकोसूचना र सूचना नं. ४१९÷०७८–७९ कोविज्ञापन बमोजिमको कार्य अन्तरिम
आदेशको छलफलको मिति सम्म नगर्नु नगराउनू यथास्थितीमा राख्नु” भनी अल्पकालिन अन्तरिम आदेश भएकोले
रा.प.तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदका लागि हाल सूचारु रहेको वढुवा एवं खुला विज्ञापन
तर्फ दरखास्त लिने कार्य मिति २०७८÷९÷१८ सम्म स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो
सूचना प्रकाशन गरिएकोछ ।

कमेन्ट गर्नुहोस्