लिपुलेकमा सडक बिस्तार गर्ने घोषणा घोर आपत्तिजनक: नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणाकाजी श्रेष्ठले भारतद्वाराफनेपाली भूमि लिपुलेकमा सडक बिस्ारकाे घाेषणाबारे सरकारले तत्काल कुटनीतिक पहल गर्न माग गरेका छन् । नेता श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै सरकारका तर्फबाट यसकाे बिराेध नजनाएकाेमा दुखि भएकाे बताउँदै अनुचित र अन्यायपुर्ण निर्माण कार्यविरुद्ध कडा बिराेध प्रकट गर्न समेत माग गरेका छन् । विज्ञप्तीमा भनिएकाे छ: “हालसालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक बिस्तार गर्ने घोषणा गरेकोमा हाम्रो घोर आपत्ति रहेको छ । हामी भारतीय पक्षलाई सबैको सार्वभौमिक समानताको सम्मान गर्ने पंचशीलको सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवं अतिक्रमण नगर्न जोडदार माग गर्दछौं । शाक्तिको बलमा गरिएको भारतीय यस्तो कार्यको हामी घोर भतर््सना गर्दछौं ।
यस सम्बन्धमा नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा हामी दुखी छौं । नेपाल सरकारले तुरुन्तै यो अतिक्रमण बिरुद्ध कडा बिरोध जनाओस् र यो अनुचित र अन्यायपूर्ण निर्माणकार्य बन्द गराउन शिघ्रातिशिघ्र कूटनैतिक पहल गराेस् ।”

कमेन्ट गर्नुहोस्