युएईमा २ बर्ष भित्र ३ सय १८ जना नेपालीको मृत्यु ६ जनाको हत्या

युएई ।संयुक्त अरब इमिरेट्स युएईमा दुई बर्ष भित्र ३ सय १८ जना नेपालीको मृत्यु भएको छ।

यहाँ स्थित नेपाली दूतावासले उपलब्ध गराएको तथ्यांक अनुसार २०२० जनवरी देखि डिसेम्बर भित्रमा १ सय ८६ जना नेपालीको मृत्यु भएको छ ।जसमा प्राकृतिक रूपमा ७९ जनाले ज्यान गुमाएका छन् भने ४४ जनाले आत्महत्या,२७ जना दुर्घटनामा,४ जनाको हत्या र कोरोना भाइरसको कारण ३२ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ।

२०२१ को जनवरी देखि डिसेम्बर भित्र कुल १ सय २० जना नेपालीको मृत्यु भएको छ । जसअनुसार ६५ जनाको प्राकृतिक,२५ जनाको दुर्घटनामा र २८ जनाले आत्महत्या गरेका छन् भने १ जनाको हत्या र अर्को एक जना साउदी बोर्डर हत्या पछी शव लाई गाडिएको अबस्थामा प्राप्त भएको तथ्यांकमा उल्लेख छ।

२०२२ को जनवरी महिनामा मात्रै १२ जना नेपालीले ज्यान गुमाएका छन् जसमा दुई जना भिजिट भिषामा युएई आएका समेत रहेको दूतावास स्रोतले जानकारी दिएको छ।

मृत्यु भएका मध्य को को कुन कुन जिल्लाका हुन भन्न बारे भने दूतावासले खुलाएको छैन ।

कमेन्ट गर्नुहोस्