साउथ अफ्रिकासँग लज्जास्पद हारपछि बिराट कोहलीले दिए राजीनामा

नयाँ दिल्ली । साउथ अफ्रिका सिरिजमा लज्जास्पद हार भएपछि बिराट ंकोहलीले भारतीय टेष्ट क्रिेकटको कप्तानबाट राजीनामा दिएका छन् ।

बिराट कोहलीले एक वक्तव्य जारी गर्दै यो कुराको जानकारी दिएका हुन ।

उनले शनिवार साँझ एक विज्ञप्ती जारी गर्दै टेष्ट फर्मेटको कप्तान पदबाट राजीनामा दिएका हुन ।

वक्तव्यमा उनले भनेका छनः

मैले टीमलाई सही दिशामा लैजानका लागि ७ वर्षसम्म हरेक दिन कठीन परिश्रम गरेँ । मैले आफ्नो काम पुरै इमान्दारीका साथ गरे र यसमा कुनै कमी पनि छोडिनँ । हरेक कुरालाई कुनै न कुनै मोडमा रोकिनै पर्छ र टेष्ट टीमको कप्तानको हैसियतले मेरो लागि रोकिने समय यही हो । यो पुरै यात्राको अवधिमा कैयन उतारचढाव ाए तर मेरो कोशीस र भरोसामा कुनै कमी आएन । म सधैं हरेक कुरामा १२० प्रतिशत योगदान दिन चाहन्छु । यदि मैले यसो गर्न सक्दिन भने यो गलत हुनेछ । म यो कुरामा एकदमै स्पष्ट छु र म आफ्नो टीमसँग बेइमानी गर्न सक्दिनँ ।

याे पनि पढ्नुस  कोहलीको रेकर्ड ब्रेक, १० हजार रन बनाउन १३ औं भाग्यशाली ब्याटम्यान !

म बिसिसिआईलाई मलाई यो लामो समयसम्म देशको नेतृत्व गर्ने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु । यसका साथै म आफ्नो साथीहरुमा पनि आभार व्यक्त गर्न चाहन्छु जसले मलाई शुरुको दिनदेखि नै मेरो भिजनमा भरोसा गरेर कुनै पनि परिस्थ्तििमा सम्झौता गरेनन् । तपाईहरुले मेरो यात्रालाई सम्झनायोग्य र सुन्दर बनाउनु भएको छ । रवि भाई र सपोर्ट ग्रुप यो गाडीको इन्जिनको रुपमा रहनुभयो जसले टेष्ट क्रिकेटलाई लगातार माथि उठाउनुभयो । तपाईहरु सबैले मेरो सपनालाई वास्तविकतामा परिवर्तन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । अन्तमा म एमएस धोनीको धेरै आभारी छु, जसले मलाई एउटा कप्तानका रुपमा निकै भरोसा गर्नुभयो । मलाई भारतीय क्रिेकट टीमलाई अगाडि बढाउन सक्छु भन्ने लायक सोच्नुभयो ।
दक्षिण अफ्रिका सिरिज अगाडि नै बिराटी कोहलीलाई वान डे कप्तानबाट पनि हटाइएको थियो ।

कमेन्ट गर्नुहोस्