आजदेखि कोरोनाको बुस्टर डोज लगाईंदै, कसले पाउँछन ?

काठमाडौं । कोरोना रोकथामलाई थप प्रभावकारी बनाउन आजदेखि बुष्टर मात्रा लगाइने भएको छ ।

तत्कालका लागि कोरोना रोकथामको अग्रपंक्तिमा रहेकाहरुलाई बुस्टर मात्रा दिइने छ । बुस्टर खोप यसअघि खोपको दुबै मात्रा पुरा गरेकाले मात्र लगाउन पाउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरू र ७७ वटै स्वास्थ्य कार्यालयलाई विभागले पत्राचार गर्दै बुष्टर मात्रा खोप लगाउन भनेको छ।

माघको दोस्रो सातादेखि ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई माघ १४ देखि खोप लगाइनेछ ।

कमेन्ट गर्नुहोस्