काठमाडौँ, च्यासलका १९ जना खेलाडीमा काेराेना देखिएकाे छ । खेलाडीलाई कोरोना देखिएपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत पुलिस र च्यासलबीचको खेल स्थगित भएको छ ।
च्यासलका १९ जना खेलाडीमा कोरोना देखिएपछि खेल स्थगित गरिएको लिगका निर्देशक सञ्जिव मिश्रले बताए ।
पुलिस आठ खेलबाट सात अंकसहित ११ औं स्थानमा छ । च्यासल भने आठ खेलबाट पाँच अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।