अध्यक्ष प्रचण्ड कोरोनामुक्त, पिसिआर जाँच नेगेटिभ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त भएका छन् ।

आज बिहान गरिएको पिसिआर जाँचको नतिजा नेगेटिभ देखिएको हो ।

अध्यक्ष प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार, कोरोनाको गम्भीर लक्षण र स्वास्थ्यमा जटिल समस्या नदेखिएपनि यसअघि कोरोना संक्रमण देखिएपछि अध्यक्ष प्रचण्ड घरमैं आइसोलेसनमा बसेका थिए ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको केही दिनपछि स्वास्थ्यमा सामान्य समस्या देखिएपछि अध्यक्ष प्रचण्डको पिसिआर परीक्षण गरिएको थियो ।

अध्यक्ष प्रचण्डसँगै केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी, केन्द्रीय नेताहरु समेत कोरोना संक्रमित बनेका थिए ।

अधिवेशनपछि अधिकांश नेता तथा कायकर्तामा कोरोना देखिएपछि केन्द्रीय समितिलाई पूर्णता दिने र पदाधिकारी चयन गर्ने कार्य रोकिएको थियो ।

सचिवालयले दिएको जानकारी अनुसार, प्रचण्डको स्वास्थ्यमा भने कुनै जटिलता देखिएको छैन । सम्भवतः एकदुईदिन आराम गरेपछि उनी राजनीतिक क्षेत्रमा पुनः सक्रिय हुनेछन् । अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ल समेत कोरानामुक्त भएका छन् । मल्लले शनिबार पिसिआर जाँच गरेका थिए ।

कमेन्ट गर्नुहोस्