नेको इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

नेको इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको कमाइबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्ताविल लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

कमेन्ट गर्नुहोस्