पर्यटन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्ला दिनमा अनुगमनलगायतका काममा निकै दौडधूप गर्दै आएका आलेले पीसीआर परीक्षण गर्दा स्रंक्रमण पुष्टि भएको सचिवालयले जानकारी दिएको छ ।

आलेको अवस्था सामान्य रहेकोले आफ्नै निवासमा आराम गरिरहनु भएको सचिवालयले जनाएको छ ।

मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ ।

आइतबार मात्रै आलेले पशुपति क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालाका साथै नारायणहिटी संग्रहालयको अवलोकन समेत गर्नु भएको थियो ।

मन्त्री आलेले सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्