परीक्षा तयारी नोटः के हो कम्प्युटर अपरेटिङ सिष्टम, यी कति प्रकारका हुन्छन् ?

कम्प्युटर अपरेटिङ सिष्टमको परिभाषा, यसका प्रकार र यसको कार्यका बारेमा बिभिन्न प्रतियोगी परीक्षामा सोधिने गर्दछ । कम्प्युटरमा रहेका हार्डवेयर र सफ्टवेयरबीच आपसी अन्तर्सम्बन्ध र संवाद कायम गरेर कम्प्युटर प्रणालीलाई सञ्चालनका लागि सक्षम बनाउने काम अपरेटिङ सिष्टमले गर्दछ । यस्ता अपरेटिङ सिष्टम बिना हार्डवेयर र सफ्टवेयरले काम गर्न सक्दैनन ।

कम्प्युटर प्रणाली तथा यसका सम्पूर्ण हार्डवेयरहरूलाई नियन्त्रण तथा सञ्चालनमा ल्याउन मद्दत गर्ने प्रोग्रामहरूको समूह वा सङ्ग्रहलाई अपरेटिङ सिस्टम (operating system) भनिन्छ । अपरेटिङ सिस्टमविना कम्प्युटर सिस्टम सञ्चालन गर्न सकिँदैन । एमएस डस (MS-DOS), विन्डोज (Windows 95, 98, ME, VISTA, XP, 7, 8), Windows (2000, 2003, 2008), UNIX, LINUX, Android आदि अपरेटिङ सिस्टम हुन् ।


अपरेटिङका किसिमहरू :-

अपरेटिङ सिस्टमय दुई प्रकारका हुन्छन् :

(क) सिगल युजर अपरेटिङ सिस्टम (Single User Operating System) :-

एउटा कम्प्युटर सिस्टममा इन्स्टल (install) गरिएको अपरेटिङ सिस्टमबाट एक पटकमा एउटा प्रयोगकर्ताले मात्र कार्य गर्न सक्ने कम्प्युटरलाई सिङ्गल युजर अपरेटिङ सिस्टम (single user operating system) भनिन्छ। उदाहरण : एमएस डस (MS-DOS), विन्डोज (Windows 95, 98, ME, VISTA, XP, 7) आदि।

(ख) मल्टी युजर अपरेटिङ सिस्टम (Multi User Operating System) :-

एउटा कम्प्युटर सिस्टममा इन्स्टल (install) गरिएको अपरेटिङ सिस्टमलाई एकै पटकमा धेरै प्रयोगकर्ताहरू (operators) ले कार्य गर्न सक्ने कम्प्युटरलाई मल्टी युजर अपरेटिङ सिस्टम (multi user operating system) भनिन्छ । उदाहरण : युनिक्स (UNIX), लिनक्स (LINUX), विन्डोज (Windows NT, 2000, 2003, 2008) आदि ।

अपरेटिङ सिस्टमले गर्ने मुख्य कार्यहरू :-

(क) डिस्क व्यवस्थापन (Disk Management)

(ख) उपकरण व्यवस्थापन (Device Management)

(ग) मेमोरी व्यवस्थापन (Memory Management)

(घ) फाइल र फोल्डर व्यवस्थापन (File and Folder Management)

(ङ) सुरक्षा व्यवस्थापन (Security Management)

(च) प्रोसेज व्यवस्थापन

(छ) स्टोरेज डिभाइस व्यवस्थापन

( ज) इन्पुट, आउटपुट व्यवस्थापन

अपरेटिङ सिस्टम का उदाहरणहरु :-

— Microsoft Windows
माइक्रोसफ्ट विन्डोज पीसी र आईबीएम संग मिल्ने उपयुक्त अपरेटिङ सिस्टम हो । माइक्रोसफ्ट विण्डोज सबैभन्दा सामान्य र प्राय धेरै प्रयोग गरिने अपरेटिङ सिस्टम हो ।
— Apple Mac OS
Apple Mac अपरेटिङ सिस्टम केवल एप्पल कम्प्युटरमा मात्र प्रयोग गर्रिने अपरेटिङ सिस्टम macOS हो।
— Ubuntu Linux
Ubuntu Linux लिनक्स को एक लोकप्रिय संस्करण हो । यो पनि पीसी र आईबीएम कम्प्यूटर संग मिल्ने उपयुक्त अपरेटिङ सिस्टम हो । यो पनि पीसी र आईबीएम कम्प्यूटर दुबैमा प्रयोग भएको छ ।
— Google Android
एन्ड्रोइड अपरेटिङ सिस्टम एन्ड्रोइड संग मिल्ने उपयुक्त फोन र ट्याबलेटहरूमा प्रयोग गरिन्छ ।
— iOS आईओएस
iOS आईओएस अपरेटिङ सिस्टम एप्पलको आइफोन र आईप्याडमा मात्र प्रयोग भएको छ ।

अपरेटिङ सिस्टमले गर्ने मुख्य कार्यहरू (Functions of Operating System)
(क) डिस्क व्यवस्थापन (Disk Management)
(ख) उपकरण व्यवस्थापन (Device Management)
(ग) मेमोरी व्यवस्थापन (Memory Management)
(घ) फाइल र फोल्डर व्यवस्थापन (File and Folder Management)
(ङ) सुरक्षा व्यवस्थापन (Security Management)
अपरेटिङका किसिमहरू (Types of Operating System)

बुटिङ (Booting)
कम्प्युटर सिस्टममा सुरक्षित गरिएको अपरेटिङ सिस्टमका मुख्य मुख्य फाइलहरू मेमोरी (memory-RAM) मा लोड (load) हुनुलाई बुटिङ भनिन्छ।
बुटिङका प्रकारहरू (Types of Booting):
(क) कोल्ड बुट (Cold Booting)
कम्प्युटर सिस्टम (computer system) लाई पावर बटन थिचेर सुचारु गर्नुलाई कोल्ड बुट (cold boot) भनिन्छ।
(ख) वार्म बुटिङ (Warm Booting)
कहिलेकाहीं कम्प्युटरमा काम गर्दा एक्कासि रोकिन्छ (hang), त्यस अवस्थामा कम्प्युटर सिस्टमलाई तिन ओटा संयुक्त कि (CTRL+ALT+DEL) किबोर्डमा थिचेर सुचारु गर्नुलाई वार्म बुट (warm boot) भनिन्छ।

कमेन्ट गर्नुहोस्