युएईको आबुधाबी एयरपोर्ट नजिक ड्रोन आक्रमण

आबुधाबी । यूनाइटेड अरब इमिरातको आबुधाबी एयरपोर्ट नजिक ड्रोन आक्रमण भएको छ ।

यमनको हुती विद्रोही समूहले हमलाको जिम्मेवारी लिएको छ ।

ड्रो विष्फोटपछि सबै उडान रद्द गरिएका छन् ।

अबुधाबी प्रहरीका अनुसार मुसाफा इण्डस्ट्रियल क्षेत्रमा ३ वटा तेलका ट्यांकरमा विष्फोट भएको थियो । त्यसलगत्तै आबुधाबी अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माण साइटमा पनि आगो लागेको छ । यसअघि ती क्षेत्रमा केही ड्रोन देखिएका थिए ।

साउदी अरब र युइएले हुती विद्रोहीहरुविरुद्ध सैन्य गठबन्धनमार्फत हस्तक्षेप गरेको बिरोधमा हुती विद्रोहीहरुले आक्रमण गरेको बताइन्छ । यमन

 

कमेन्ट गर्नुहोस्