काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ४६५ जनामा परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो सङ्ख्या आइतबार देखिएको नयाँ सङ्क्रमितभन्दा १ हजार ७७३ ले बढी हो। आइतबार ४ हजार ९६१ नयाँ सङ्क्रमित पुष्टि भएको थियो।
पछिल्लो २४ घण्टामा ५४७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् भने ३ जनाको ज्यान गएको छ। त्यसैगरी हाल देशभर ३० हजार ८७७ जना कोभिड संक्रमितहरु रहेका छन्।
पछिल्ला दिनहरुमा दैनिक कोभिड–१९ संक्रमितहरुको संख्या द्रुत गतिमा बढिरहेको स्वास्थ्य तथा जनसंख्याा मन्त्रालयले जनाएको छ।