भारत: ८४% को कमाई खस्कियो, १४ % धनीको सम्पत्ती आकासियो

नयाँ दिल्ली । कोरोना महामारीमा एकातिर गरिबहरुलाई छाक जुटाउन संकट भयो भने अर्बपतिहरुको संख्या भने बढेको छ ।

अक्सफामले जारी गरेको एक रिपोर्ट अनुसार, भारतमा कोरोनाकालमा ८४ प्रतिशत परिवारको आय खस्किएको छ भने अर्बपतिहरुको संख्या भने १०२ बाट बढेर १४२ पुगेको छ ।
विश्व आर्थिक मञ्च २०२२ को पहिलो दिन अक्सफामले जारी गरेको सर्वेक्षणको नतिजा अनुसार, कोरोनाकालमा भारतीय अर्बपतिहरुको कूल सम्पत्ति दोब्बर भएको छ । दश धनी अर्बपतिहरुसँग यतिविधि सम्पत्ति थुप्रिएको छ कि उनीहरुले देशका सबै स्कूल र कलेजलाई आगामी २५ वर्षसम्म सञ्चालन गर्न सक्छन् ।

१० प्रतिशतसँग ४५ प्रतिशत पैसा

कोरोनाका कारण असमानता यति चुलिएको छ कि भारतका १० प्रतिशत सबैभन्दा धनी व्यक्तिहरुसँग देशको ४५ प्रतिशत सम्पत्ति रहेको छ । तर अर्कोतर्फ ५० प्रतिशत गरिब जनतासँग भने जम्मा ६ प्रतिशत सम्पत्ति रहेको छ ।

१ प्रतिशत करबाट मात्रै १७.७ लाख अक्सिजन सिलिण्डर किन्न सकिने

रिपोर्टमा भारतका मुख्य १० प्रतिशत धनीहरुमाथि राज्यले १ प्रतिशत मात्रै अतिरिक्त कर लगाउने हो भने त्यो पैसाबाट देशलाई १७.७ लाख अतिरिक्त अक्सिजन सिलिण्डर पाइन सक्छ । यदि देशका ९८ धनी परिवारमा एक प्रतिशत अतिरिक्त कर लगाउने हो भने त्यसबाट आयुस्मान भारत कार्यक्रमलाई आगामी ७ वर्षसम्म चलाउन सकिन्छ । भारतको आयुस्मान कार्यक्रम संसारकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम हो ।

९८ धनीहरुको सम्पत्ति ५५.५ करोड गरीबको सम्पत्ति बराबर

भारतका १४२ अर्बपतिहरुको कूल सम्पत्ति ७१९ बिलियन डलर अर्थाट् करिब ८३ लाख करोड नेपाली रुपैयाँ बराबर छ । ९८ सबैभन्दा धनीहरुसँग ५५.५ करोड गरीब जनतासँग भएको सम्पत्ति बराबर पैसा छ । यो करिब ६५७ बिलियन डलर अर्थात ८० करोड नेपाली रुपैयाँ हो । यी ९८ परिवारको कूल सम्पत्ति भारत सरकारको कूल बजेटको करिब ४१ प्रतिशत हो ।

८४ वर्षसम्म धनीहरुले प्रतिदिन ७.४ करोड रुपैयाँ खर्च गर्न सक्ने

प्रतिवेदनमा भारतका दश मुख्य धनीहरुले प्रतिदिन १ मिलियन डलर अर्थात नेपाली करिब १२ क्रोड खर्च गरे भनेपनि उनीहरुलाई आफ्नो सम्पत्ति खर्च गर्न ९४ वर्ष लाग्नेछ । यदि देशका धनीहरुमाथि सम्पत्ति कर लगाएमा ७८.३ बिलियन डलर अर्थात् करिब ९२ करोड नेपाली रुपैयाँ बराबर संकलन गर्न सकिन्छ । यो पैसाबाट सरकारको स्वास्थ्य बजेट २७१ प्रतिशत बढन सक्छ ।

कोरोनाकालमा २८ प्रतिशत महिलाले जागिर गुमाए

कोरोना कालमा २८ प्रतिशत महिलाहरुले जागिर गुमाएको पनि प्रतिवेदनमा उल्लेख छ । यसबाट नीहरुको आयमा दुई तिहाई कमी आएको छ । सरकारले महिला मन्त्रालयमार्फत वर्ष २०२१ मा गरेको खर्च भारतका पुछारमा रहेका धनीहरुको कूल सम्पत्तिको आधा पनि छैन ।

अक्सफामको रिपोर्टमा शिक्षाका लागि सरकारको बजेट वितरणमा ६ प्रतिशत कमी आएको उललेख । अर्कोतर्फ सामाजिक सुरक्षा योजनाहरुमा कूल केन्द्रयि बजेटको १.५ प्रतिशत घटेर ०.६ प्रतिशत रहन पुगेको छ ।

कमेन्ट गर्नुहोस्