वैशाखमा स्थानीय तहको निर्वाचनका विषयमा अन्तिम टुंगो पर्सि लाग्ने

काठमाडौँ — सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति हुने सम्भावना देखिएको छ। मिति तय गर्नेलगायतका विषयमा थप छलफल भने आगामी बैठकमा छलफल हुने बताइएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकमा सहभागी एक नेताका अनुसार, गठबन्धन दलबीच अझैपनि पूर्ण सहमति भने कायम हुन सकेको छैन । त्यसैले पर्सि पुन छलफल हुने भएको हो ।

कमेन्ट गर्नुहोस्