काठमाडौं । कोरोना संक्रमण बढन थालेपछि उपत्यकामा थप कडाई जारी गरेको छ । आज राती १२ बजेदेखि लागु गर्नेगरी काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले ३६ बुँदे आदेश जारी गरेका हुन्।
मंगलबार बसेको तीन जिल्ला प्रमुख जिल्ला अधिकारीको बैठकले मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनका लागि आदेश जारी गरेका हुन् ।
आदेशमा फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ ।