जनतालाई नै सोधेर आम आदमी पार्टीले घोषणा गर्यो पञ्जाब मुख्यमन्त्रीको उम्मेदवार

काठमाडौं, उम्मेदवार छनौट गर्ने नयाँ तरिका अपनाउँदै आम आदमी पार्टीले पञ्जाबका लागि मुख्यमन्त्री पदमा उम्मेदवार चयन गरेको छ ।

आम आदमी पार्टीले पोल सर्वेक्षण मार्फत लोकप्रियताका आधारमा नयाँ उम्मेदवारको घोषणा गरेको हो । पार्टीले पञ्जाबको भविष्य कसको हातमा सुरक्षित हुन्छ भन्ने प्रश्न सोध्दै बिभिन्न राजनीतिक दलका सम्भावित उम्मेदवारहरुमा मत दिन भनेको थियो ।

अधिकांश जनताले लोकसभा सांसद भगवन्त मानलाई पञ्जाबको मुख्यमन्त्रीका रुपमा उम्मेदवार बनाउनुपर्ने बताएपछि मंगलबार पार्टी प्रमुख अरविन्द केजरीवालले भगवन्त मानको नाम घोषणा गरेका हुन्। पञ्जाबमा आगामी २० फेब्रुअरीमा विधानसभा निर्वाचन हुँदैछ।

गत साता केजरीवालले एक मोबाइल नम्बर सार्वजनिक गर्दै मुख्यमन्त्रीको उम्मेदवार प्रस्ताव गर्न पञ्जाबका नागरिकलाई आग्रह गरेका थिए। ९३.३ प्रतिशत मानिसले भनेअनुसार नै आफूले भगवन्तको नाम प्रस्ताव गरेको उनले बताएका छन्।

तर सिद्धुको नाम भने जम्मा ३ प्रतिशतले लिएको केजरीवालको दाबी छ।

पञ्जाब विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक आशुतोष कुमारका अनुसार पञ्जाबमा आम आदमी पार्टीको छवि दिल्लीको पार्टी र गैरपञ्जाबीको पार्टीको रुपमा छ। यहीकारण २०१७ को चुनावमा केजरीवाल पञ्जाबको सत्ताबाट टाढा रहेका थिए। तर उनले गत जुन महिनामा पञ्जाबमा आफ्नो उम्मेदवार सिख नै हुने बताएका थिए।

भगवन्त मान पञ्जाबमा आम आदमी पार्टीका प्रमुख हुन्।

कमेन्ट गर्नुहोस्