शेयर बजार साढे १० अंकले करेक्सन, कारोबार रकममा सुधार

काठमाडौं । मंगलबार सेयर बजारमा साढे १० अंकले करेक्सन भएको छ। दुई दिनयता फराकिलो अन्तरले बढिरहेको बजार मंगलबार १०.७८ अंकले घटेर बन्द भएको हो।

१०.७८ अंकले घटेर बन्द भएको सूचक २९३६ अंकमा आएको छ। यद्यपि कारोबार रकममा सुधार भएको छ। मंगलबार ८ अर्ब ४४ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

मंगलबार सबैभन्दा बढी सामलिङ पावरको साढे नौ प्रतिशतले सेयर मूल्य बढेको छ भने मध्य–भोटेकोशीको सेयर मूल्य ८ प्रतिशतले बढेको छ। त्यस्तै, बुद्धभूमि हाइड्रोपावर, प्रभु बैंक, बरुण हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयर मूल्य राम्रो बढेको छ।

बजारमा अपि पावरको २८ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ। यसपछि अरुण भ्यालीको २५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। तेस्रो स्थानमा नेपाल टेलिकमको २५ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

वाणिज्य बैंक २२ अंकले बढ्दा पनि अन्य समूहले साथ नदिँदा समग्र बजार ओरालो लागेको हो। होटल साढे ४२ र सामूहिक लगानी कोष ०.२ अंकले बढेका छन्। बाँकी जम्मै सूचक घटेका छन्।

कमेन्ट गर्नुहोस्