भरतपुर । भरतपुर महानगरपालिकाले १२ सय बढी बालबालिकालाई न्यानो लुगा वितरण गरेको छ ।
विगत वर्षहरुको कार्यक्रमलाई निरन्तरता दिँदै मेयर रेनु दाहालले बिभिन्न आधारभूत विद्यालयका १२ सय २० जना बालबालिकालाई न्यानो लुगा वितरण गरेकी हुन ।
कोरोना संक्रमणका कारण विद्यालयमैं गएर कपडा वितरण गर्न नसकिएपनि विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको रोहबार कपडा वितरण गरिएको हो । ती कपडाहरु विपन्न तथा गरीब परिवारका विद्यार्थीलाई वितरण गरिने छ ।
आज महानगरले एक औपचारिक कार्यक्रम गर्दै ती कपडा हस्तान्तरण गरेको थियो ।