उपाधिका लागि एपिएफ र नेपाल पुलिस प्रतिस्पर्धा गर्दै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम) कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज बुधबार विभागीय टीम एपिएफ र नेपाल पुलिस फाइनलमा प्रतिस्पर्धा गर्दै छन् ।

टियु क्रिकेट मैदानमा हुने फाइनल खेल बिहान १० बजेबाट सुरु हुनेछ ।

पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै पुलिस फाइनल पुग्दा दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मीलाई ४७ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गर्यो । एपीएफ र पुलिस दुबै टिम उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् ।

प्रतियोगिताको विजेताले पाँच लाख र उप-विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

कमेन्ट गर्नुहोस्