परीक्षा तयारीः कम्प्युटर के हो, कसरी काम गर्छ, के हुन आउटपुन–इनपुट डिभाइस (विस्तृतमा)

मानव निर्मित साधनमध्ये कम्प्युटरलाई एक शक्तिशाली मेसिनका रूपमा लिइन्छ । हाम्रो दैनिक जीवनमा कम्प्युटरले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । हाल कम्प्युटरको प्रयोग प्राय: हरेक कार्य क्षेत्रमा भएको पाइन्छ, जस्तै:- स्कुल, कलेज, सरकारी तथा गैर सरकारी कार्यालय, प्रहरी, सेना, अस्पताल, बैङ्क इत्यादि ।

कम्प्युटर एक विद्युतीय मेसिन हो। यसले प्रयोगकर्ता (user) सँग इन्पुट डाटा लिई त्यसलाई प्रशोधन (process) गरी अर्थपूर्ण आउटपुट अथवा रिजल्ट दिन्छ । कम्प्युटर शब्द ल्याटिन भाषाको कम्प्युटेयर (computare) शब्दबाट आएको हो । जसको अर्थ हिसाब (calculate) गर्नु हो । पहिलेका कम्प्युटरहरू विशेष किसिमका हुन्छ । ती कम्प्युटरहरू जटिल किसिमका हिसाबहरू गर्न प्रयोग हुन्थे । कम्प्युटरको पहुँच ठुल्ठुला वैज्ञानिक र इन्जिनियरमा मात्र सीमित हुन्थ्यो । यी कम्प्युटरहरू धेरै महँगा हुन्थे र ठुला सङ्घ संस्थाले मात्र प्रयोग गर्यो । प्रविधिका विकासले गर्दा कम्प्युटर सर्वसाधारणको पहुँचसम्म पुग्न सफल भएको छ ।

हालका कम्प्युटरहरूमा माइक्रोप्रोसेसर (microprocessor) प्रयोग गरी तिनीहरूको बनावट सानो र पोर्टेबल (portable) बनाउन सफल भयो । हालका कम्प्युटर द्रुत गतिमा काम गर्न सफल भएको छ । यिनले हिसाब मात्र नगरी सूचना वा डाटाहरू स्टोर गर्ने कार्य गर्छन् । विभिन्न किसिमका एप्लिकेसन (application) प्रोग्रामहरूको मद्दतले फर्माटिङ (formating), मानिपुलेसन (manipulation), स्टोरेज (storage), ग्राफिक्स इडिटिङ (graphics editing), एनिमेसन (animation) का साथै आर्टिफिसियल इन्टिलेजेन्स (aritificial intiligence) को प्रयोग गरी रोबोट जस्ता उपकरणहरू सञ्चालन गर्न सकिन्छ ।

कम्प्युटर सिस्टमले इन्पुट, प्रोसेस, आउटपुट (input, process, output) का आधारमा काम गर्दछ ।

१. इन्पुट (Input): कम्युप्टरले डाटा र इस्ट्रक्सन (instruction) इम्पुट साधनबाट प्राप्त गर्दछ, जस्तै : किबोर्ड (keybord), माउस (mouse), माइक्रोफोन (microphone) र स्क्यानर (scanner) इत्यादि ।

२. प्रोसेसिङ (Processing) : कम्प्युटरले प्रयोगकर्ता (user) बाट प्राप्त निर्देशनअनुसार इन्पुट साधनहरूबाट दिएको डाटाहरूलाई प्रशोधन गर्ने कार्यलाई प्रोसेसिङ भनिन्छ । यो कार्य कम्प्युटरको सेन्ट्रल प्रोसेसिङ युनिट (Central Processing Unit (CPU) ले गर्दछ ।

३. आउटपुट (Output) : प्रोसेसिङ (porocessing) कार्य सम्पन्न भइसकेपछि त्यसका परिणाम (result) प्रयोगकर्तासम्म पुयाउने कार्यलाई आउटपुट भनिन्छ । यो कार्य कम्प्युटरका आउटपुट साधनहरूबाट सम्पन्न गरिन्छ । जस्तै : मनिटर monitor), स्पिकर (speaker), प्रिन्टर (printer) आदि ।

४. स्टोरेज (Storage) : कम्प्युटरले डाटा वा इन्फरमेसनहरूलाई स्थायी वा अस्थायी रूपमा भण्डारण गर्न सक्छ । यी कार्यहरू स्टोरेज (storage) साधनहरू जस्तै यम (RAM), हार्डडिक्स (Harddisk), अप्टिकल डिक्स (Optical Disk) आदिले गर्दछन् ।

कम्प्युटर शिक्षाका विद्यार्थीहरूले तल उल्लिखित बुंदाहरू थाहा पाउनु जरुरी छ :

१. कम्प्युटरको क्षमता र कमजोरी :

हामीले कम्प्युटरका साधारण बनावट र त्यसको कार्यहरूको बारे जान्नु आवश्यक हुन्छ । कुनै हार्डवेयरको विस्तृत बनावट वा इलेक्ट्रोनिक्स सर्किट (electronic circuit) नै जान्नुपर्छ भन्ने जरुरी छैन । तर कम्प्युटरले के कतिसम्म मात्र काम गर्न सक्छ भन्नेबारे जान्नु आवश्यक छ । कम्प्युटरले प्रयोगकर्ताले दिएको निर्देशनबमोजिम मात्र काम गर्दछ । कम्प्युटर आफैले सोच बुझ गरी कुनै कार्य गर्न सक्दैन ।

२. कम्प्युटरको प्रयोग :

कम्प्युटरको कार्य गर्ने शैली, प्रयोग र कार्य क्षेत्रहरूका बारेमा जानकार हुनु आवश्यक छ । कुनै विशेष कार्यका लागि आवश्यक परिणाम (result) पाउन कस्तो किसिमको सफ्टवेयर (software) चयन गर्ने भन्ने कुराको जानकारी लिनु
आवश्यक हुन्छ ।

३. कम्प्युटर सफ्ट्वेयर प्राप्त गर्ने तरिका :

सफ्टवेयरहरू विभिन्न किसिमका हुन्छन् । कुनै सफ्टवेयर खरिद गर्नुपर्ने हुन्छन्, जस्तै: माइक्रोसफ्ट वर्ड (Microsoft Word) र कुनै सफ्टवेयरहरू नि:शुल्क प्राप्त गर्न सकिन्छ । यस्ता सफ्टवेयरहरूलाई ओपन सोर्स सफ्टवेयर भनिन्छ, जस्तै : ओपन अफिस (open office) । यी सफ्टवेयरहरूको लाइसेन्स सम्बन्धी ज्ञान हुनु राम्रो हुन्छ । साथै कुनै व्यक्ति वा सङ्घ संस्थालाई आवश्यक पर्ने कस्टम मेड सफ्टवेयर (Custom Made Software) कसरी बनाउने भन्ने ज्ञान हुनु जरुरी हुन्छ ।

४. कम्प्युटरको प्रभाव :

कम्प्युटरको बढ्दो प्रयोगले कुनै व्यक्तिको व्यक्तिगत जीवन वा समाज वा सङ्घ संस्थाहरूमा के कस्तो प्रभाव पार्छ भन्ने कुराको ज्ञान लिनु राम्रो हुन्छ ।

कम्प्युटरका आधारभूत शब्दहरू

१. डाटा (data) : डाटा भनेको तव्य (fact) वा परिमाण (figure) को सङ्कलन हो, जस्तै: कुनै पसलेले दिनभरिमा बेचेका वस्तुको परिमाण, कुनै लेखको एक हरफ, कुनै हिसाबमा प्रयोग गरेका गणितीय अङ्कहरू आदि ।

२. इन्फरमेसन (information) : डाटालाई प्रोसेसिङ (processing) गरेपछि प्राप्त हुने अर्थपूर्ण परिणाम (meaningful result) लाई इन्फरमेसन भनिन्छ, जस्तै : डोल्मा, ७५ प्रतिशत, गणित आदि । डाटाहरूलाई प्रोसेसिङपछि डोल्माले गणितमा ७५ प्रतिशत अङ्क
ल्याई इन्फरमेसन हो ।

३. प्रोग्राम (program) : प्रोग्राम भनेको निर्देशनहरूको सङ्कलन (set of instructions) हो, जुन कम्प्युटरले बुझ्न सकिने भाषामा प्रोग्रामिङ ल्याङ्वेज (programming language) को प्रयोग गरी लेखिएका हुन्छन् । प्रोग्राम कम्प्युटरमा कुनै निश्चित कार्य गर्नको लागि लेखिन्छ, जस्तै : कुनै विद्यार्थीको विभिन्न विषयमा प्राप्त अङ्कका आधारमा उसको नतिजा
निकाल्नु र प्रतिशतको आधारमा उसको डिभिजन निकाल्नु (प्रथम डिभिजन, दोस्रो डिभिजन, आदि)।

४. हार्डवेयर (hardware) : हार्डवेयर भनेको कम्प्युटरमा जडित सम्पूर्ण इलेक्ट्रोनिक्स र मेकानिकल उपकरणहरू हुन् । हार्डवेयरलाई हामीले देख्न र छुन सक्छौं । साथै सजिलोसँग मापन गर्न र सङ्ख्या पत्ता लगाउन सकिन्छ, जस्तै किबोर्ड, माउस, मनिटर, प्रिन्टर, स्पिकर आदि।

५. सफ्टवेयर (software) : सफ्टवेयर भनेको विभिन्न प्रोग्रामहरूको सङ्कलन हो, जुन कुनै निश्चित कार्य गर्नका लागि बनाइएको हुन्छ । कम्प्युटर सफ्टवेयरले हार्डवेयरहरूलाई कसरी काम गर्ने भनी निर्देशन दिन्छ । यसलाई प्रत्यक्ष छुन सकिदैन ।

कमेन्ट गर्नुहोस्