संसारको सबैभन्दा ठूलो आलुको डिएनए परीक्षण गरिने, कति किलो छ त ?

काठमाडौं । संसारको सबैभन्दा ठूलो आलुको डिएनए परीक्षण हुने भएको छ । यो आलु न्यूजिल्याण्डको हेमिल्टन सहरनजिक बसोबास गर्दै आएका एकजना किसानको बारीमा फेला परेको थियो ।

हेमिल्टन निवासी कोलिन र डोना क्रेग ब्राउनले गत वर्ष अगस्तमा आलु खन्दा एउटा ठूलो आलु फेला पर्यो । उनीहरुले आलुको नाम डन राखे । यसको तौल ७.८ किलोग्राम थियो । यसबाटै उक्त आलु संसारकै सबैभन्दा ठूलो आलुका रुपमा चिनियो ।

पछिल्लो समाचार अनुसार, वैज्ञानिकहरुले यो आलुको डिएनए परीक्षण गर्न खोजेका छन् । यसबाट यो विशुद्ध आलु मात्रै होकि केही अरु हो र आलु मात्रै हो भने यति ठूलो कसरी भयो भन्ने कुरा पत्ता लाग्नेछ ।

वाशिंगटन पोष्टलाई कोलिनले बताए अनुसार, जमिनबाट बाहिर निकाल्दा उनीहरु आकार देखेर चकित भएका थिए त्यसपछि उनी र उनकी श्रीमतीले यो कुनै खास प्रकारको फंगल त हैन भन्ने आशका पनि गरे ।

त्यसपछि उनीहरुले त्यो आलु घरमा लिएर सानाे टुक्रा खाए । तर यसको स्वाथ आलुजस्तै लाग्यो । अनि दुबैले यो आलुको बारेमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाए । यदि यो साँच्चिकै आलु भएमा यसले यसअघिको रेकर्ड तोडन सक्नेछ । यसअघि सबैभन्दा बढी ४.८ किलोग्रामको आलुको रेकर्ड दर्ता छ । त्यसैले गिनिज बुकको टीमले यो आलुको डिएनए गर्न खोजेको हो ।

कमेन्ट गर्नुहोस्