अनलाईन परीक्षाको माग राख्र्दै आन्दोलन, ११ विद्यार्थी पक्राउ

काठमाडौं । अनलाइन परीक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएका ११ जना विद्यार्थी पक्राउ परेका छन् ।
काठमाडौंको बानेश्वरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा बुधबार परीक्षा दिन गएका विद्यार्थीले आन्दोलन गरेका हुन ।

कोरोना महामारीमा समेत स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरी परीक्षा सञ्चालन गरेको भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका थिए ।

आन्दोलनमा उत्रिएका ११ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

‘‘विद्यार्थीहरूले परीक्षा भौतिक रूपमा नभई अनलाइन सञ्चालन गर्नुपर्ने माग राखेका छन्। धक्काधक्की गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा दुई जना महिला छन्।

एलएलबी चौथो वर्षको परीक्षा दिउँसो १ बजेदेखि सुरू हुनुपर्ने थियो। विद्यार्थीहरू आन्दोलित भएपछि परीक्षा सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।

विद्यार्थीहरूले प्रहरीले आफूहरूमाथि बल प्रयोग गरेको भन्दै नाराबाजी गरेका छन्। उनीहरूले व्यंग्यात्मक शैलीमा नाराबाजी गरेका हुन्। विद्यार्थीहरूमाथि बल प्रयोग गरेकोबारे जानकारी आइनसकेको प्रहरी उपरीक्षक मैनालीले बताए।

आन्दोलनमा एक विद्यार्थी घाइते समेत भएका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था सामान्य भएको प्रहरीले जनाएको छ। उपचारको लागि उनलाई बानेश्वरस्थित एभेरेष्ट अस्पतालमा लगिएको छ।

कमेन्ट गर्नुहोस्