सपा नेता मुलायम सिंह यादवकी कान्छी बुहारी भाजपा प्रवेश

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा ठूलो प्रभाव रहेको समाजवादी पार्टीका सुप्रिमो तथा पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवकी बुहारी भारतीय जनता पार्टी प्रवेश गरेकी छिन् ।

मुलायम सिंह यादवले निकै सम्झाए पनि उनले समाजवादी दल छोडेर भाजपा प्रवेश गरेको पूर्व मुख्यमन्त्री तथा सपा नेता अखिलेस यादवले बताएका छन् ।

गत साता लखनउमा आइपिएस अधिकारी असीम अरुणसँगै यादव भाजपा प्रवेश गर्ने खबर सार्वजनिक भएको थियो । तर आज बिहानसम्म समेत अपर्णा यादवका बारेमा चलेका चर्चा सबै हल्ला भएको कुरा समाजवादी नेताहरुले बताइरहेका थिए ।
बिबिसीका अनुसार, अपर्णा यादव भाजपा प्रवेश गर्नुको मुख्य कारण लखनउ केन्ट विधानसभाको सीट हो यहाँबाट समाजवादी पार्टीको टिकटमा अपर्णा यादव भारतीय जनता पार्टी उम्मेदवार रीता बहुगुणा जोशीसँग हारेकी थिइन । यो वर्ष यही सीटमा आफूलाई टिकट दिएमा भाजपामा प्रवेश गर्ने उनले बताएको र सोही आधारमा उनको सीट सुरक्षित भएको चर्चा छ ।

उत्तर प्रदेशमा समाजवादी पार्टीले दलित, भूमिहीन तथा यादव समुदायको ठूलो मत पाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्