काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण भए नभएको पत्ता लगाउन गरिने आरटी पीसीआर जाँचको शुल्क घटाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघिको शुल्क घटाएर अब आरटी पीसीआर गर्दा सरकारी प्रयोगशालामा ८ सय रुयैयाँ र निजी प्रयोगशालामा १५ सय रुपैयाँ कायम गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले कोभिड–१९ को साताभरिको जानकारी दिन आयोजित भर्चुअल प्रेस ब्रिफिङमा कोभिड पीसीआर परीक्षणको शुल्क घटाएको जानकारी गराएका हुन्।
यसअघिसम्म आरटी पीसीआर गर्दा सरकारी प्रयोगशालाको शुल्क एक हजार र निजी प्रयोगशालाको शुल्क २ हजार रुपैयाँ थियो।