चिडियाखानाका सिंह र बिरालोमा सर्यो कोरोना, के नयाँ भेरियन्ट जन्मिएको हो?

मान्छेबाट मान्छेमा मात्रै सर्ने भनिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण जनावरमा पनि देखिन थालेपछि नयाँ भेरियन्ट उत्पत्ति भएको आशंका गरिएको छ।

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा रहेका सिंह र प्युमा (बिरालो प्रजाति) मा कोरोनाभाइरस सरेको छ। तिनको रेखदेख गर्ने कर्मचारीबाट कोभिड सरेको हुनसक्ने प्रीटोरिया विश्वविद्यालयका वैज्ञानिकहरूले एउटा अध्ययनपछि बताएका छन्।

याे पनि पढ्नुस  यो आजको तस्वीर हो, अनि कसरी रोकिन्छ कोरोना ? पढ्नुस विस्तृतमा

वैज्ञानिकहरूले यदि भाइरस जनावरमा फैलिरह्यो अनि मानिसमा सर्‍यो भने नयाँ भेरिअन्ट उत्पत्ति हुन सक्ने खतरा औँल्याउँदै सचेत गराएका छन्।

चिडियाखानाका ती जीवजन्तु मानिसमा कोभिड हुने बेलामा देखा पर्ने जस्तै लक्षणसहित बिरामी परेका थिए। उनीहरूलाई श्वास फेर्न गाह्रो भएको, नाकबाट सिँगान बगेको र सुक्खा खोकी लागेको पाइएको थियो।

याे पनि पढ्नुस  काठमाडौंमा थपिए आज ३ जना कोरोना संक्रमित

प्युमा बिरालो परिवारको एक प्रजाति हो।

जनावरमा गरिएका परीक्षणमा कोरोनाभाइरस पुष्टि भएको र उनीहरूलाई रेखदेख गर्ने मानिसबाट भाइरस सरेको हुनसक्ने वैज्ञानिकहरूले बताएका छन्।

अनुसन्धानकर्ताहरूले चिडियाखानामा जनावरको रेखदेख गर्ने कर्मचारीहरूमा कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको तर उनीहरूमा लक्षण भने नदेखिएको पाएका थिए।

वैज्ञानिकहरूले जनावरको रेखदेख गर्दा पनि मास्क लगाउन र अन्य सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन्।

याे पनि पढ्नुस  नेपालमा कोरोनाः ३ को मृत्यु हुँदा संक्रमित संख्या ४५७ पुग्यो कहाँ कति ? (सूचीसहित)

यो अनुसन्धान समकक्षीहरूले समीक्षा गरेर प्रकाशित हुने जर्नल भाइरसेसमा प्रकाशित भएको छ।

– बीबीसीबाट साभार

कमेन्ट गर्नुहोस्