ललितपुरमा लगाए १५ हजारले कोरोनाको बुस्टर डोज

ललितपुर, जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले १५ हजार जनामा कोरोनाविरुद्धको बुष्टर खोपको मात्रा लगाएको छ ।

अग्रपंक्तिमा रहेकाहरुलाई पहिलो चरणमा बुस्टर खोपका मात्रा लगाउने मापदण्डबमोजिम जिल्लाका बिभिन्न स्थानीय तहमा खोप लगाइएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा सतिष बिस्टले जानकारी दिएका छन्।

मंगलबार र बुधबारसम्म महानगरपालिकाभित्र र महांकाल गाउँपालिकामा १५ हजारले बुस्टर डोज लगाएका हुन् ।

ललितपुरमा रहेका महालक्ष्मी र गोदावरी नगरपालिकाको विवरण भने अझै आइपुगेको छैन । ललितपुरको पाटन अस्पताल, अल्का, सुमेरु, मेडिसिटी, सर्वाङ, बिएण्ड बि, स्टार, बज्रबाराही स्वास्थ्य केन्द्र, आनन्दबन अस्पताल, लेले प्राथमिक केन्द्र, इमाडोल स्वास्थ्य चौकी, गोटिखेल स्वास्थ्य चौकी, भट्टेडाडा प्युटार, आश्राङ स्वास्थ्य चौकीमा फ्रण्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, यातायात मजदुर, सन्र्मी सञ्चारकर्मी, बैंकका कर्मचारी, सेना, प्रहरी र सशस्त्र प्रहरी लगायतलाई कोरोनाको तेस्रो खोप दिइएको थियो ।

कमेन्ट गर्नुहोस्