काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले मेन्स टी–२० अन्तर्राष्ट्रिय टीमको घोषणा गरेको छ ।
वर्षभरी उत्कृष्ट खेलाडीहरु समेटेर तयार भएको यो टीमको कप्तान पाकिस्तानका खेलाडी बाबर आजम चयन भएका छन् ।
पाकिस्तान क्रिकेट टीमले गत वर्ष टी २० विश्वकप नजिते पनि टीमका खेलाडीहरुले शानदार प्रदर्शन गरेका थिए । यही प्रदर्शनकै कारण आइसिसिले घोषाणा गरेको खेलमा तीन जना खेलाडी चयन भएका छन् ।
प्रतिकात्मक मानिने यो टीममा गत वर्षको प्रदर्शनका आधारमा ११ खेलाडी छनौट भएका छन् ।
कप्तान छनौट भएको बाबरले गत वर्ष २९ टी २० अन्तराष्ट्रिय खेलमा एक शतकीय पारी र नौ अर्ध शतकीय पारी खेलेका थिए । उनले यो प्रतियोगिताको फर्मेटमा ९३९ रन बनाएका थिए ।
पाकिस्तानी टीमकै मोहम्मद रिजवान पनि विकेटकीपर र ओपनरको रुपमा टीममा चयन भएका छन् । गत वर्ष रिजवानले २९ अन्तर्राष्ट्रिय टी २० खेलमा एक शतक र १२ अर्धशतकको मदतले सबैभन्दा धेरै १३२६ रन बनाएका थिए ।
पाकिस्तानका अर्का खेलाडी भने शाहीन अफरिदी रहेका छन् ।