कोरोना तीब्र बनेपछि भारतले लगायाेअन्तर्राष्ट्रिय उडानमा रोक

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि भारतले अन्तर्राष्ट्रिय यात्रुबाहक हवाई उडानमा रोक लगाएको छ ।

भारतको नागरिक उड्ड्ययन महानिर्देशनालय (डीजीसीए) ले आगामी फेब्रुअरी २८ सम्मका लागि अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कार्गो उडान र डीजीसीएबाट अनुमति लिएका उडान भने जारी रहनेछन् । भारतमा प्रतिदिन २ लाख ८० हजार भन्दा बढी संक्रमित देखिन थालेका छन् । योसँगै दैनिक चार सय बढीको मृत्यु भइरहेको छ । कोरोना रोकथामका उपायहरु अवलम्बन गरिएपनि संक्रमण रोक्न नसकिएपछि भारतले पूर्ण लकडाउन लगाउने विषयमा समेत छलफल चलिरहेको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

कमेन्ट गर्नुहोस्