आज राजनीतिक समन्वय समितिको बैठक बस्दै, निर्वाचनको मितिबारे छलफल हुने

काठमाडौं । सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ ।

यसअघि मंगलबार बसेको बैठकमा निर्धारित समयमा नै निर्वाचन सम्पन्न गर्ने भनेपनि त्यसको मोडालिटी र मितिबारे टुंगो लागेको थिएन । सत्तारुढ दलहरुबीच स्थानीय निकायको निर्वाचन पहिला गर्ने कि संसदीय निर्वाचन पहिला गर्ने भन्ने विषयमा सहमति जुटेको छैन ।

यसअघिको बैठकमा वैशाख, जेठमैं स्थानीय तहको पहिलो चरणको बैठक बस्ने मोटामोटी सहमति भएको सरकारका प्रवक्ता तथा सूचना मन्त्री ज्ञानेन्द्र कार्कीले बताएका थिए । तर उक्त विषयमा गठबन्धनका अन्य दलहरुले भने संवैधानिक व्यवस्था र कानुनमा देखिएको अष्पष्टता हल गर्दै निर्धारित मितिमा निर्वाचन गर्ने विषयमा मात्र छलफल भएको बताएका थिए ।

यसैबीच सत्तारुढ गठबन्धनकै एक दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने शुरुमा संसदीय निर्वाचन गर्ने र त्यसपछि स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव अघि सारेका छन् । प्रचण्डको प्रस्तावमा आज बस्ने बैठकमा विस्तृतमा छलफल हुने बताइन्छ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको समन्वय समितिमा पाँच दलका दुईरदुई जना गरी १० र एक मन्त्रीसहित ११ सदस्य छन्। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि बस्ने गरेका छन्।

कमेन्ट गर्नुहोस्