भारतमा निर्वाचन आचारसंहिताः ७ रुपैयाँको चिया, ३७ रुपैयाँको खाजा, दूरीका आधारमा गाडी भाडा दिनुपर्ने निर्वाचन आयोगको निर्देशन

भारतका पाँचवटा राज्यमा हुन गइरहेको विधानसभा निर्वाचनका लागि निर्वाचन आयोगले खर्च सीमा तोक्दै निर्देशन जारी गरेको छ ।

आयोगका मुख्य निर्वाचन अधिकारीले जारी गरेको सूचनामा उल्लेख भएको मूल्यका आधारमा मात्रै उम्मेदवारहरुले खर्चको विवरण दिनुपर्नेछ । यसपटक निर्वाचनमा खटिने कार्यकर्ताको संख्यामा समेत सीमा तोकिएको छ । निर्वाचनमा निर्धारित खर्च भन्दा बढी गरे नगरेको अनुगमन गर्न गोप्य टोली समेत खटाइएको छ ।

याे पनि पढ्नुस  भारतीय चुनावमा विज्ञान प्रविधिलाई चुनौति, ब्यूतिँदै मतपत्र भोटिङ प्रणाली !

सूचि अनुसार, एकजना उम्मेदवारले चार पुरी, तरकारी र एउटा मिठाईका लागि ३७ रुपैयाँ प्रतिप्लेट मात्रै खर्च गर्न पाउनेछन् । यसैगरी एउटा समोसा र एक कप चियाका लागि ७, ७ रुपैयाँसम्म खर्च गर्न सकिनेछ । यसैगरी फूलको मालाको पनि मूल्य निर्धारण गरिएको छ । कुनै पनि उम्मेदवारले १६ रुपैयाँ प्रति मिटरको दरले फूलको माला किन्न सक्नेछ । चुनाव प्रचारकालागि अधिकतम तीनवटा ढोल प्रतिदिन १५७५ रुपैयाँको दलरले भाडामा लिन सकिनेछ । यसैगरी मिनरल वाटर भने उल्लेख गरिएको मूल्यमा मात्रै किन्न सकिनेछ ।

याे पनि पढ्नुस  भारतीय चुनावमा विज्ञान प्रविधिलाई चुनौति, ब्यूतिँदै मतपत्र भोटिङ प्रणाली !

निर्वाचनको बेला प्रत्याशी र तिनका कार्यकताले उपयोग गर्ने गाडीका खर्चको आँकलन गर्दै निर्वाचन आयोगले प्रति किलोमिटरका आधारमा दर तय गरेको छ । बिएमडब्लु र मर्सिडिज जस्ता गाडी प्रतिदिन २५००० हजारमा र एसयुभी, मित्सुविसु पजेरो आदि गाडी १२ हजार ६ सयमा भाडामा लिन सकिने छ ।

याे पनि पढ्नुस  भारतीय चुनावमा विज्ञान प्रविधिलाई चुनौति, ब्यूतिँदै मतपत्र भोटिङ प्रणाली !

आयोगले इनोभा, क्वालिस जस्ता कारहरुको भाडा भने २३१० प्रतिदिन तोकेको छ ।

यसैगरी लाउडस्पिकर प्रतिदिन १९००, होटलमा एक रातको ११ सयदेखि १८ सयसम्म, चिसो पेय ९० प्रति दुई लिटर तोकिएको छ ।

तस्वीरः सिएनएनबाट

कमेन्ट गर्नुहोस्